देशको कुनै निश्चित स्थानमा सञ्चालित वा अस्तित्वमा रहेका सबै प्रतिष्ठान तथा व्यवसायमा पुगी निर्धारित समयावधि भित्र ती आर्थिक एकाइहरूको तथ्याङ्क सङ्कलन, प्रशोधन, विश्लेषण र प्रकाशन गर्ने समग्र प्रकृयालाईआर्थिक गणना भनिन्छ।
राष्ट्रिय आर्थिक गणना, २०८२ का प्रमुख उद्देश्यहरू निम्नबमोजिम रहेका छन्;
क) नेपालभर सञ्चालनमा रहेका आर्थिक क्रियाकलाप गर्ने प्रतिष्ठानहरूको आधारभूत विवरण सङ्कलन, प्रशोधन, विश्लेषण र प्रकाशन गर्ने,
ख) प्रतिष्ठानहरूको विद्यमान सङ्ख्या, अर्थतन्त्रका क्षेत्रगत संरचना, आकार र वितरण सम्बन्धी तथ्याङ्क उत्पादन गर्ने,
ग) कुल गार्हस्थ्य उत्पादन तथा राष्ट्रिय लेखाका अन्य अनुमानको सुदृढीकरणका लागि आधारभूत तथ्याङ्क उत्पादन गर्ने,
घ) राष्ट्रिय लेखा अनुमानका आधार वर्ष परिवर्तनका लागि आवश्यक आधारभूत तथ्याङ्क उत्पादन गर्ने,
ङ) आर्थिक तथ्याङ्क प्राप्त गर्न सञ्चालन गरिने सबै प्रकारका सर्वेक्षणका लागि आधारभूत नमुना छनौट फ्रेम तयारी गर्ने, र
च) तथ्याङ्कीय व्यावसायिक रजिस्टर निर्माण तथा यसलाई अद्यावधिक गर्नको लागि आधार तयार गर्ने।
स्थलगत तथ्याङ्क सङ्कलन कार्य वि.सं. २०८३ वैशाख २ गतेदेखि २०८३ असार ७ गतेसम्म सञ्चालन हुनेछ।
सम्पुर्ण जिल्लाहरुमा
झापा, मोरङ, काठमाण्डौं, र रुपन्देही
तथ्याङ्क ऐन, २०७९ बमोजिम व्यक्तिगत वा संस्थागत विवरण पूर्ण रूपमा गोप्य रहन्छ। कार्यालयले तथ्याङ्क सार्वजनिक गर्दा कसैको पहिचान नखुल्ने गरी सामूहिक रूपमा मात्र प्रकाशन गर्नेछ।
यस गणनामा कागजी प्रश्नावली र इ-सेन्सस (e-Census) गरी दुईवटै विधि अपनाइन्छ। कागजी प्रश्नावलीबाट गणकले उत्तरदाता संग अन्तर्वार्तागरी विवरण भर्छन्| इ-सेन्सस (e-Census) विधिमा उत्तरदाताले गणकले उपलब्ध गरेको युजरनेम र पासवर्डको आधारमा लगइन गरी कम्प्युटर वा मोबाइलबाट विवरण भर्नसक्नेछन्।
हुँदैन। सङ्कलित विवरणहरू केवल सामूहिक तथ्याङ्क उत्पादनका लागि प्रयोग गरिन्छ, कर प्रयोजनका लागि यसको प्रयोग गरिँदैन।
नेपालभित्र सञ्चालनमा रहेका विदेशी लगानीका सबै प्रतिष्ठान वा व्यवसायहरूको गणना गरिन्छ।